आज पूर्वसभामुख महराको थुनछेक बहस – Kanika Khabar
Monday, November 17Nepali News Portal

आज पूर्वसभामुख महराको थुनछेक बहस

    मा प्रकाशित

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ । मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस हुने भएको हो ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्