माओवादी केन्द्रका नेता गणेश साहले गरे पार्टी परित्याग – Kanika Khabar
Monday, November 17Nepali News Portal

माओवादी केन्द्रका नेता गणेश साहले गरे पार्टी परित्याग

    मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको बताएका छन् ।

उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनले बताए ।

नयाँ पार्टी खोलेकाहरूले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरिरहेको उल्लेख गर्दै उनले आफू त्यस्तो भूमिकाका लागि तयार नहुने बताए । उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्