तीन उद्योगले तिर्न थाले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौताको किस्ता – Kanika Khabar
Monday, November 17Nepali News Portal

तीन उद्योगले तिर्न थाले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौताको किस्ता

    मा प्रकाशित

काठमाडौँ । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’बाट उपभोग गरेको विद्युत् महसुल तिर्न सरकारको ताकेतापछि तीन उद्योगले महसुल बुझाउन थालेका छन्।

सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकमको किस्ता नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका हुन्।

यी तीनै उद्योगले विगमा पनि किस्ताबन्दीको सुविधा लिएर बक्यौता तिर्न थालेका थिए तर केही किस्ता तिरेपछि गत वैशाखदेखि फेरि तिर्न बन्द गरेका थिए।

रोल्पा सिमेन्ट र नेपाल प्लास्टिकले सबै चुक्ता गरेर नियमित किस्ता तिर्ने अवस्थामा आएका छन्। रोल्पा सिमेन्टले ९९ लाख १२ हजार बक्यौता रकमलाई मासिक प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो। एकैपटक पाँचसहित ११ किस्ता भुक्तानी गरेपछि नियमित किस्ता तिर्ने अवस्थामा आएको छ।

त्यस्तै नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ता बराबरको १ लाख २३ हजार रुपैयाँ तिरेको छ।

तर सम्राट सिमेन्टको भने अझै ४ किस्तापछि मात्र नियमित किस्तामा आउने भएकाले रकम तिर्न ताकेता गरिएको प्राधिकरणको प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ।

सम्राट सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई मासिक प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।

चार किस्ता तिरेर छोडेकोमा एकैपटक तीन किस्ता तिरेको छ। जेठसम्मको किस्ता चुक्ता भएको छ। अब असारदेखि ४ महिनाको पनि तिरेपछि नियमित किस्ता तिर्ने अवस्थामा पुग्छ। उद्योगले बाँकी किस्ता पनि तिरेर नियमित किस्तामा आउने प्रतिवद्धता गरेको प्राधिकरणले जनाएको छ।

केही साना उद्योगहरूले बक्यौता तिर्न थालेपछि ठूला उद्योगहरू भने अझै तिर्ने सुरसार गरेका छैनन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्