पर्वत अस्पतालमा डायलासिस सेवा शुरु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पर्वत अस्पतालमा डायलासिस सेवा शुरु

    मा प्रकाशित

कनिका खबर
साउन २०, पर्वत
पर्वत अस्पतालमा निशुल्क मृगौला डायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा हिजोबाट डायलासिस सेवा शुरु भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेपछि पर्वत अस्पतालमा डायलासिस सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । सेवा सुचारु गर्न २ जना चिकित्सक, ६ जना स्टाफ नर्स र एकजना प्राविधिक कर्मचारी खटिएका छन् । अहिले दैनिक दुई सिफ्टमा मात्रै सेवा चलाउन थालिएको पहाडीले जानकारी दिनुभयो । कुश्मा नगरपालिका– ३ दुर्लुङका एक जना विरामीको डायलासिस गरेर सेवा शुभारम्भ गरिएको हो । प्रदेश सरकारले ४ वटा उपकरण, एउटा आरओ मेशिन उपलब्ध गराएको छ । अस्पतालमा तीन सिफ्टमा कार्य सञ्चालन गर्न आवश्यक भएपनि कर्मचारीको अभाव रहेको अस्पताल विकास समितिले जनाएको छ । करिब १ करोड ३० लाख भन्दा बढीको लागतमा संचालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना विरामीको नियमित डायलाइसिस गर्न सकिने अस्पतालका पहाडीले बताउनुभयो ।

पर्वत अस्पतालमा ४ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने पर्वत अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । मृगौला पीडितहरुलाई जतिसक्दो भरपर्दो सेवा दिने गरी ब्यवस्थापन मिलाइएको अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो । पर्वतमा डायलोसिस सेवा शुरु गर्दा लाखौँ खर्चेर बाहिर जानुपर्ने बिरामीले राहातको महसुस गरेका छन् । म्याग्दीमा पनि आईतवार देखि डायालासिस सेवा शुरु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्