
दाङ, १० कार्तिक । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतले सूर्य उपासना तथा लोक संस्कृतिको पर्व छठको अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
सभापति बस्नेतले आज एक शुभकामना सन्देश जारी गर्दै छठ पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र पारिवारिक सद्भाव सुदृढ गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। “सूर्यदेवको आराधना र जल, वायु, माटोप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्वले मानवता, मेहनत र प्रकृतिप्रतिको आस्था झल्काउँछ।” शुभकामना सन्देशमा उल्लेख छ ।
उनले देशभर विभिन्न समुदाय र धर्मावलम्बीबिच आपसी सम्मान, मेलमिलाप र एकताको भावना विस्तार हुँदै जाओस् भन्ने कामना समेत गरेका छन्। छठ पर्वले सबै नेपालीबीच भाइचारा, समृद्धि र सद्भाव बढाउने प्रेरणा दिने जारी सन्देशमा उल्लेख छ ।
छठ पर्व विशेषगरी सूर्यदेवको आराधना गरी चार दिनसम्म मनाइने धार्मिक उत्सव हो, जसमा स्वच्छता, संयम र भक्ति मुख्य विशेषता मानिन्छ।


