अख्तियारमा कोरोना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अख्तियारमा कोरोना

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको पिसिआर परीक्षणमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार सङ्क्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा सङ्क्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्