कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) आजदेखि पुनः सञ्चालनमा – Kanika Khabar
Friday, March 21Nepali News Portal

कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) आजदेखि पुनः सञ्चालनमा

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
विराटनगरस्थित कोसी अस्पतालको बहिरंग सेवा (ओपीडी) आजदेखि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि अनिश्चितकालका लागि ओपीडी बन्द गरेको थियो । स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा सङ्क्रमण नदेखिएकोले बन्द सेवा पुनः सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए । गत शुक्रबारदेखि आइतबारसम्म कोसी अस्पतालमा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ८ रहेको छ । जसमा एक चिकित्सक, चार स्टाफ नर्स र तीन सहयोगी कर्मचारी छन् । यसमा इन्चार्जसहित बहिरंग सेवा (ओपीडी) कै तीन कर्मचारी रहेको पनि डा दासले बताए । कोसी अस्पतालमा चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मी कार्यरत छन् भने सामान्य दिनमा औसत दिनहुँ १ हजार २ सय सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित सबैको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको र अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्