राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट विवरण संकलन हुने – Kanika Khabar
Sunday, April 20Nepali News Portal

राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट विवरण संकलन हुने

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट विवरण संकलन हुने भएको छ । भोलीबाट जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट विवरण संकलन गरिने भएको हो । अघिल्लो आर्थिक वर्षको चैत महिनाबाट नै विवरण संकलन गर्न शुरु गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण आवश्यक उपकरण आइनपुगेकोले सुरु गर्न नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । अहिले भने सम्पुर्ण आवश्यक उपकरण सहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम सुरु गर्न लागिएके उनले बताए । नेपाल सरकारले पहिलो चरणमा पाँचधर जिल्ला र सिंहदरबारमा पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । दोस्रो चरणमा विभिन्न १२ जिल्लामा यो परिचयपत्र प्रदान परिएकोमा यो आर्थिक वर्षबाट भने सिन्धुपाल्चोक जिल्लाबाट समेत वितरण सुरु हुन लागेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्