दाङ । दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएकाे छ । आज शुक्रबार एक समारोहका बिच स्वागत गरिएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसीकाे अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओली, प्रज्ञान एकेडेमीका सहप्राध्यापक नवराज खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण कक्षा ११ र १२ संयाेजक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।


