काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्काले स्काउटको जग्गमा बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा खड्काले बनाएको संरचनामा आज बिहान महानगर प्रहरीहरु डोजर लगाएर भत्काएका हुन् ।
कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो ।


