मेरिल्यान्ड थ्रि जिरो क्लबद्वारा सरसफाइ – Kanika Khabar
Monday, December 8Nepali News Portal

मेरिल्यान्ड थ्रि जिरो क्लबद्वारा सरसफाइ

    मा प्रकाशित

दाङ । थ्रि जिरो क्लबमा आवद्ध विद्यार्थीहरुले दाङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको सरसफाई गरेका छन् ।
मेरिल्याण्ड पब्लिक एकेडेमीमा अध्ययनरत कक्षा ६,७,८,९ र १० मा अध्ययनरत थ्रि जिरो क्लबमा आवद्ध विद्यार्थीहरुको उपिस्थतिमा पवित्र धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको सरसफाई गरिएको हो ।

मेरिल्याण्ड पब्लिक एकेडमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, मन्दिर व्यवस्थापन समितिका सचिव दामोदर भुषालको प्रमुख आतिथ्य र ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीको विशिष्ट आतिथ्यमा शुरु भएको सरसफाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुषालले थ्रि जिरो क्लबका माध्यमबाट कलिला बालबालिकाहरुलाई आफनो वरपरको वातावरण सफा राख्न र धार्मिकस्थलको सरसफाई गर्न सिकाएकोमा विद्यालय र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यबाद दिनुभएको थियो भने आगामी दिनमा पनि मन्दिरमा हुने सामूहिक कार्यक्रमहरुमा सहयोग हुनेछ भन्ने अपेक्षा समेत राख्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीले संस्थाले मेरिल्याण्ड विद्यालयमा गठन गरेको थ्रि जिरो क्लब, क्लबमा आवद्ध विद्यार्थी र विद्यालयले पनि थ्रि जिरो क्लबको अवधारणालाई अपनत्वका साथ आफनो विद्यालयको क्लालेन्डरमै राखेर गतवर्षदेखि नै कामको थालनी गरेकोमा विद्यालयका प्रधानाध्यापक र सम्पूर्ण शिक्षक अभिभावकहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । विद्यालयले थ्रि जिरो क्लबको कामलाई उत्साहजनक रुपमा अगाडि बढाएको र आगामी दिनमा पनि विद्यालयसँग जोडिएर संस्थाले केही काम गर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा थ्रि जिरो अर्थात ३ शुन्य, शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको अवधारणा अन्तर्गत शुरु गरेको मन्दिर सरसफाई कार्यक्रममा सहयोग गर्ने सबैलाई बिद्यालयका प्रधानाध्यायक राजेन्द्र कुमार श्रेष्ठले धन्यबाद दिनुभएको थियो भने बिद्यालयले शुक्रबारका दिन पारेर केही न केही काम गर्नेपनि जानकारी गराउनुभएको थियो । कार्यक्रममा थ्रि जिरोका फोकल पर्सन सोनी बुढा लगायत क्लबमा आवद्ध विद्यार्थीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु र ग्रामीण महिला उत्थान केन्द्रका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो । ग्रामीण महिला उत्थान केन्द्र दाङले गतवर्ष त्यस विद्यालयमा थ्रि जिरो क्लब गठन गरेर काम गर्दै आइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्