काठमाडौँ । ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा १ जना महिला र ३ जना पुरुष छन् ।
पक्राउ परेका दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएको पाइएको छ । गैरकानुनी रुपमा बसेका विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र नेपालबाट निष्कासन गर्ने सक्ने कानुनी व्यवस्था छ ।
व्यावसायिक भिसामा बसेर उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको अध्यागमन विभागले जनाएको छ ।


