काठमाडौं । नेपाल प्रेमियर लिग (एनपिएल) काे दाेस्राे संस्करणकाे तयारी पूरा भएकाे छ ।
नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
एनपिएलकाे दाेस्राे संस्करणमा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।
पत्रकार सम्मेलनमा क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ ।
ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।


