पेट्रोल र डिजेलको मूल्य बढाइयो – Kanika Khabar
Monday, December 8Nepali News Portal

पेट्रोल र डिजेलको मूल्य बढाइयो

    मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार (कात्तिक ३०) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ । डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

“…आमउपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको मिति २०८२/०७/२९ को निर्णयानुसार १६ नोभेम्बर २०२५ (मिति २०८२/०७/३०) को बिहान ००ः०१ बजेदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु. २।०० र डिजेलमा रु. ३।०० ले मात्र बढाइएको व्यहोरा जानकारी गराइन्छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

dsfsg-1763217392.jpg

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्