काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि समयसीमन आज सकिने भएकाे छ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिन थालेकाे हाे ।
सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ । जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ ।
आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।


