चन्द्र प्रकाश नेपाली
सुवन, दक्षिण कोरिया ।
राप्ती समाज दक्षिण कोरियाले भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम गर्ने भएको छ । समाजले आगामी नोभेम्बर ३० आइतबारका दिन राप्तीबासी तथा शुभेच्छुकहरूको भव्य भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ। “हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता—विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको यस संस्थाले कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको हक–हितका लागि विभिन्न सामाजिक कार्य, सहयोग तथा आपतकालीन सहयोगसमेत गर्दै आएको छ।
यसैक्रममा संस्थाले कोरियाका विभिन्न स्थानमा छरिएर बसोबास गर्दै आएका राप्तीबासीहरूको आपसी भेटघाट, सम्बन्ध विस्तार र सामाजिक एकता मजबुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष किसन ओलीले जानकारी दिनुभएको छ । कार्यक्रममा विविन्न व्यक्तिहरुलाई प्रमाण–पत्र हस्तान्तरण समेत गरिने अध्यक्ष वलीले जानकारी दिनु भयको छ ।
कार्यक्रम यही २०२५ नोभेम्बर ३० आइतबारका दिन बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन्ट’ को सभाहलमा हुनेछ। सुवन मेट्रो स्टेशनको १० नम्बर गेट नजिकै रहेको उक्त स्थलमा सबै राप्तीबासी, विभिन्न पेशा–व्यवसायमा आवद्ध नेपालीहरू तथा शुभचिन्तकहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक आह्वान गरेको छ।
मा प्रकाशित


