सन् २०२१ देखि २०३०सम्म पर्यटन दशक – Kanika Khabar
Friday, April 19Nepali News Portal

सन् २०२१ देखि २०३०सम्म पर्यटन दशक

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कोरोना भाइरसको सङ्क्रमण सकिए लगत्तै पर्यटन क्षेत्रलाई थप प्रभावकारी बनाउन २०२१ देखि २०३० सम्मलाई पर्यटन दशकका रुपमा मनाउने बताएका छन् । यो विषयमा देशका सातै प्रदेशका सम्बन्धित मन्त्रालय बीच छलफल भएको पनि मन्त्री बुढाले बताए । आप्mनो मन्त्रालय मातहतका विभिन्न कार्यक्रमहरुको अनुमगनका शिलशिलामा हुम्ला गुगेका मन्त्री बुढाले संघीय सरकारको पर्यटन मन्त्रालयको आयोजनामा केही समय अघि बसेको पर्यटन मन्त्रीहरूको बैठकले यस्तो तयारी गरेको जानकारी दिए । कोरोनाको कहरले नेपालको पर्यटन क्षेत्र निकै थला परेको उल्लेख गर्दै उनले पर्यटन दशकका रुपमा प्रदेश अनुसार पर्यटन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्