घोराहीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु – Kanika Khabar
Monday, December 8Nepali News Portal

घोराहीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

    मा प्रकाशित

दाङ,१३ मंसिर । घोराहीमा छैठौ खुल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । घोराही नगर आईटिएफ तेक्वान्दो डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१७ चौघेरामा शनिवारदेखि छैठौ खुल्ला आईटिएफ तेक्वान्दो–२०८२ सुरु भएको हो ।

घोराही नगर आईटिएफ तेक्वान्दो डोजाङका प्रमुख लीलाधर बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यता एवं नगर खेलकुद परिषद् घोराहीका संयोजक नरेन्द्र पुनको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार विकाससँगै खेलाडीलाई नियमित प्रशिक्षण र खेलकुदका प्रतियोगिता हुनुपर्ने बताएका थिए । स्थानीय स्तरदेखि नै खेलकुदका गतिविधि बढाउन सके योग्य खेलाडी उत्पादन गर्न सकिने सहभागीले जोड दिएका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा घोराही नगर क्षेत्रका आठ टिमका एक सय ६० बढी खेलाडीको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण दिपिका गिरीले गरेकी थिइन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्