जेसीजमा ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ का लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना – Kanika Khabar
Monday, December 8Nepali News Portal

जेसीजमा ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ का लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना

    मा प्रकाशित

घोराही, दाङ , त्रिभुवननगर जेसीजकी पूर्व अध्यक्ष तथा वर्ष १९९२ की शाखा अध्यक्ष जेसी माया शर्मा लोहनीले ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना गर्नका लागि ५ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्नुभएको छ । दाङ जिल्लालाई कार्यक्षेत्र बनाई महिला
अधिकार, शिक्षा, कृषि, स्वास्थ्य, सञ्चार तथा समाज रूपान्तरणका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका महिलालाई अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) का दिन सम्मानित गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो ।

त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंक रावत (अनन्त) का अनुसार, कोषमार्फत प्रदान गरिने यो वार्षिक पुरस्कारले दाङ जिल्लाका महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास, सामाजिक उत्थान तथा व्यक्तित्व विकासमा दीर्घकालीन योगदान गर्नेछ । संस्थाकी “पूर्व अध्यक्ष लोहनीज्यूद्वारा स्थापना गरिएको अक्षय कोष दाङ जिल्लाकै मात्र नभई पूरा समुदायका महिलामा उदाहरणीय प्रेरणा बन्नेछ । यो पुरस्कार महिलाको नेतृत्व उदय र सामाजिक सहभागितालाई बलियो बनाउन महत्वपूर्ण कदम हो।

त्रिभुवननगर जेसीजले आगामी वर्षदेखि औपचारिक रूपमा पुरस्कार वितरण प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्