प्याब्सन घाेराहीकाे मेघा कार्यक्रम : रनिङ सिल्ड मङ्सिर २४ गतेदेखि – Kanika Khabar
Monday, December 8Nepali News Portal

प्याब्सन घाेराहीकाे मेघा कार्यक्रम : रनिङ सिल्ड मङ्सिर २४ गतेदेखि

    मा प्रकाशित

घोराही । घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ सिल्ड –२०८२ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर समितिको आयोजनामा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म चाैथाे रनिङ सिल्ड हुनेभएको हो । समितिले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो प्याब्सन रनिङ सिल्डको बारेमा जानकारी गराएको हो ।

प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले पत्रकार सम्मेलनमार्फत चौथो प्याब्सन घोराही रनिङ सिल्ड यही मंसिर २४, २५, २६ र २७ गतेसम्म घोराहीमा सञ्चालन हुने जानकारी दिए । उनले खेल जीवनको अभिन्न अवयव हो भन्ने मूल नाराका साथ रनिङ सिल्डको आयोजना गरिएको बताए । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई खेलको महत्व तथा यसले हाम्रो जीवनमा पार्ने प्रभाव विभिन्न खेलको माध्यमबाट बोध गराउने उद्देश्यले रनिङ सिल्ड सञ्चालन गर्न लागेको समेत उनले बताए ।

‘विद्यालयको सिकाइलाई फराकिलो पार्न तथा विद्यार्थीहरुलाई उनीहरुको पढ्ने सीप बढाउन विभिन्न कार्यक्रमहरु पस्कदै आइरहेको अवस्थामा खेल पनि जीवनको अभिन्न अङ्ग हो ।’ उनले भने–‘ खेल विद्यार्थीहरुलाई अनुशासनमा बाध्ने कडी हो । चरित्र निर्माण गर्ने साध्य हो भन्ने मान्यता स्थापित गर्न यो कार्यक्रम आयोजना गरिएको छ ।’ विद्यालर्थीहरुलाई खेलमा लाग्न अभिप्रेरित गर्ने, सिक्ने र खेल्न असक्षमता भएका विद्यार्थीहरुलाई उनीहरुको खेल खेल्ने सीपलाई सफल बनाउन र उच्च तहको लागि तयार पार्ने सीपहरु विकास गर्न सक्षम पार्नु यसको प्रमुख उद्देश्य रहेको छ । विगतदेखि मुलुकको शिक्षाको विकासको लागि अहोरात्र खटेर विद्यार्थीहरुको सर्वाङ्गीन विकासका लागि विभिन्न कार्य गर्दै आइरहेको समेत उनको भनाइ थियो ।

यस कार्यक्रममा भलिबल, कपड्डी लगायत एथेलेटिक्सका विभिन्न इभेनटहरु परियोजनाहरु समावेस गरिएको अध्यक्ष वलीले बताए । जसमा भलिबल छात्र, कपड्डी छात्रा, डौडतर्फ एकसय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र १५ सय मिटर छात्र/छात्रा दुवै खेल हुनेभएका छन् । त्यस्तै रिले डौडतर्फ चार सय र १६ सय, लङ जम्प, ट्रिप्पल जम्प, हाई जम्प, सट फुट, ज्याब्लिङ थ्रोका छात्र÷छात्रा दुवै खेल हुनेछन् ।

त्यसैगरी कक्षा सातसम्मका विद्यार्थीहरुका लागि एक सय मिटर डौड, लङ जम्प, स्याक रस, स्पुन र मार्वलका छात्र/छात्रा दुवै खेल हुनेछन् भने कक्षा पाँच सम्मका विद्यार्थीहरुका लागि ६० मिटर डौड, स्पुन र मार्वल रेसका छात्र/छात्रा दुवै खेत तथा कक्षा पाँचसम्म सञ्चालित विद्यालयहरुले नृत्य अप्रतियोगीको रुपमा सहभागी हुन सक्नेछन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन गरिने खेलकुद कार्यक्रममा घोराहीका ५५ बढी विद्यालयबाट पाँच हजार जना विद्यार्थीहरु सहभागी प्याब्सनले जनाएको छ । पत्रकार सम्मेलनको सञ्चालन समितिका सचिव विमल भण्डारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्