चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिताको तयारी पूरा – Kanika Khabar
Monday, December 8Nepali News Portal

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिताको तयारी पूरा

    मा प्रकाशित

दाङ, १६ मंसिर ।

दाङको घोराहीमा हुन थालेको चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा घोराही उपमहानगरपालिका–१५ स्थीत दाङभ्याली कलेजमा यहि मंसिर १७ गतेदेखि २० गतेसम्म सञ्चालन हुने चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिताको सबै तयारी पूरा भएको हो ।

प्रतियोगिताको आयोजक नेपाल हाप्किडो संघले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर बुधवार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका सात प्रदेशका १५४ विद्यालयबाट करिब ८ सय विद्यार्थी खेलाडीको सहभागीता रहने भएको प्रतियोगिताका संयोजक विशाल थापाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा स्पारिङतर्फ पुरुष र महिलामा १७÷१७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै सेल्फ–डिफेन्स, विशेष प्रदर्शन तथा अन्य प्राविधिक विधाहरू अन्तर्राष्ट्रिय हाप्किडो महासंघको मापदण्डअनुसार सञ्चालन हुने नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।

विद्यालयस्तरमा हाप्किडो खेलको पहुँच र रुचि विस्तार गर्दै युवा खेलाडीहरूको प्रतिभा विकास, अनुशासन, समूह भावना तथा खेलकुदस्तर वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष घर्तीमगरले बताए । विजयी खेलाडीहरूलाई नगद, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगिता सुरु हुनुअघि बुधवार बिहान घोराहीको ट्राफिक चोकबाट र्याली निकालिने उक्त ¥याली बजारका विभिन्न भागको परिक्रममा गर्दै दाङभ्याली कलेजमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्