
काठमाडौं । चलचित्र ‘लोकन्ती’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले मंसिर २६ गतेलाई आधिकारिक प्रदर्शन मिति घोषणा गरेको छ।
रञ्जित रानाको निर्देशनमा तयार भएको यो चलचित्रले पारिवारिक प्रेमकथामा आधारित सामाजिक संवेदनाहरू उजागर गर्ने बताइएको छ।
कृशन फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको ‘लोकन्ती’ले परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको मूल केन्द्रमा राखेर पूर्ण पारिवारिक ड्रामाका रूपमा तयार गरिएको निर्देशक रानाको भनाइ छ।
चलचित्रले नेपाली समाजको वास्तविकता, भावनात्मक सम्बन्ध र जीवनका संघर्षहरूलाई सहज तर प्रभावशाली ढंगले चित्रण गर्ने लक्ष्य बोकेको छ।कलाकारहरूको बलियो उपस्थिति चलचित्रमा एसराज गराच मुख्य भूमिकामा देखिँदै छन्।
उनको साथमा अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री यो चलचित्रको प्रमुख आकर्षण हुने निर्माण टिमले जनाएको छ।
त्यसैगरी विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायतका कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिनछन्।
यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले आफ्नो अभिनय यात्राको सुरुवात गरिरहेका छन्। डेब्यु चलचित्र भएकाले दुवै कलाकार विशेष उत्साहका साथ आफ्नो प्रस्तुति सार्वजनिक हुने दिनको प्रतीक्षा गरिरहेका छन्।
टिम, संगीत र छायाङ्कन, चलचित्रका निर्माता सन्तोष न्यौपानेहुन्।
ृसंगीत निर्देशनमा विकास चौधरी र छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन्। टिमका अनुसार चलचित्रको संगीत, दृश्य योजना र भावनात्मक प्रस्तुति दर्शकमाझ फरक स्वाद दिन सक्षम हुनेछ।
नेपाली संस्कृतिमा आधारित सामाजिक कथानक**
नेपाली जीवनशैली, संस्कृतिलगायत परिवारभित्रका भावनात्मक उतारचढाव समेटिएको ‘लोकन्ती’ बाट दर्शकले नयाँ कथा, नयाँ धार र प्रभावशाली अभिनयको अपिल गर्ने निर्माण पक्षको अपेक्षा छ।


