विश्वास जित्दै उरहरी स्वास्थ्य चौकी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विश्वास जित्दै उरहरी स्वास्थ्य चौकी

    मा प्रकाशित

कनिका खबर

तुलसीपुर २१ साउन ।

तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकी बेल्टाकुराप्रति स्थानीय सेवाग्राहीहरुको विश्वास बढ्दै गएको देखिएको छ । स्वास्थ्य चौकिमा आयोजित वार्षिक समीक्षा तथा भावी कार्ययोजना निर्माण कार्यक्रममा सहभागी सेवाग्राही तथा बक्ताहरुले स्वास्थ्यकर्मिहरुले पछिल्लो समय दिइरहेका सेवा तथा व्यबहार प्रती खुलेरै प्रशंसा गरेका हुन् । तुलसीपुर ११ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र वलीले तुलनात्मक रुपमा सेवाग्राहीको चाप बढीरहेको जानकारी दिए । उनका अनुसार पछिल्लो २ वर्षको तथ्यांकलाई तुलना गर्दा स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या झन्डै दोब्बर बढेको छ । आ.ब २०७४/७५ मा सेवा क्षेत्रकाे कुल जनसंख्याको ४१ प्रतिशत अर्थात ६४०२ बिरामीहरुले उपचार सेवा लिए भने आ.ब २०७५/७६ मा ६५ प्रतिसत अर्थात् ६४८७ बिरामीले सेवा लिएका छन् । त्यस्तै पछिल्लो आ.ब २०७६/७७ को तथ्यांक हेर्दा ७१ प्रतिशत अर्थात् ७०६७ जना बिरामिले उपचार सेवा लिएको देखिएको छ ।। यो बाहेक अन्य खोप तथा सुत्केरी सेवा समेत लिएको स्वास्थ्य चौकी प्रमुख चित्र वलीले जानकारी दिनुभयो । उहाको बुझाइमा स्वास्थ्य चौकिप्रति स्थानीयहरुको बिश्वास बढ्दै गएकाले उपचार लिन आउने सेवाग्राहीहरुको संख्या बढेको हो । स्थानीय सरोकारवालासँगको सहकार्य राम्रो भएको, जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको तथा स्वास्थ्य चौकिको अहिलेको टिम स्प्रिट मिलेकाले पनि तुलनात्मक रुपमा स्थानीयहरुले विश्वास गर्न थालेको उनले बताए । स्वास्थ्य चौकिका एच ए हरु यज्ञ केसी, शेर बहादुर बिसी लगायतले ल्याब लगायतका सेवाहरु थप गरिएको र सेवाग्राहीहरुलाई सन्तोष पार्न व्यवहार देखि अन्य कार्ययोजना निर्माण गरी सक्रियता बढाएकाले पनि सेवाग्राहीको मन जित्न भुमिका खेलेको बताए । कार्यक्रममा महिला अधिकारकर्मी शुस्मा गिरी, काङ्ग्रेसका प्रतिनिधि अर्जुन बहादुर केसी, नेकपाका प्रतिनिधि डिल्ली बस्नेत, राप्रपाका लिलाधर बस्नेत, समाजसेवी तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, वडा सदस्यहरु सुबास डाँगी, निर्मा चौधरी, अमर माबी उरहरिका प्रतिनिधि पदम वली, आ बि कटाहाका प्र अ टंक भण्डारी, टाेल बिकास समिका प्रतिनिधिहरु बिर बहादुर बस्नेत, महेन्द्र कुमार सेन, सेतु जैसी, बिन्दु चौधरी, उर्मिला आचार्य लगायतले आम सर्बसाधारनको मन जित्न सफल भएको भन्दै स्वास्थ्यकर्मी टाेलिलाई धन्यवाद दिदै उरहरी स्वास्थ्य चौकिलाइ नमुना स्वास्थ्य चौकिको रुपमा स्थापित गर्न स्वास्थ्यकर्मी टाेलिलाई साथ दिने प्रतिबद्धता व्यक्त गराएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकीका एच ए यज्ञ केसीले गरेका थिए । साथै उक्त भेलाबाट द्रुत प्रतिकार्य समुहलाइ सकृय बनाइ सम्भाबित बिपत्तिको सामना गर्न तयारी गर्ने, कोभि ड १९ बाट बच्न थप सचेतना तथा सतर्कता अपनाउने तथा केहि अपराधीक मनोवृत्तिका ब्यक्तिहरुले केही दिन अघि स्वास्थ्यकर्मी माथी गरेको व्यबहारप्रती आपत्ती जनाउदै स्वास्थ्यकर्मीलाई सुरक्षाको कुनै कमी नहुने गरी स्थानीयबासीहरुले सहयोग गर्ने निर्णय गरेको बैठक पछि स्वास्थ्य चौकी इन्चार्ज चित्र वलीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्