झापामा पनि पीसीआर प्रयोगशाला स्थापना – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

झापामा पनि पीसीआर प्रयोगशाला स्थापना

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
मेची अस्पतालमा कोरोना संक्रमणको पहिचान गर्नसक्ने पीसीआर प्रयोगशालाको स्थापना भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार, प्रदेश नं. १ सरकारको सहयोगमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमताको रहेकोछ ।
सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरी उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।
त्यस्तै मेची अस्पतालकै मातहतमा रहनेगरी झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत छिट्टै सञ्चालनमा आउने भएको छ ।
अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्