मा प्रकाशित
काठमाडौं। सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सू
चना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।


