विपक्षीलाई दुश्मन होइन, राष्ट्र निर्माणमा सहयात्री बनाऔँ : ढुङ्गाना – Kanika Khabar
Sunday, January 18Nepali News Portal

विपक्षीलाई दुश्मन होइन, राष्ट्र निर्माणमा सहयात्री बनाऔँ : ढुङ्गाना

    मा प्रकाशित

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष डीके ढुङ्गानाले विपक्षीलाई राष्ट्र निर्माणमा सहयात्री बनाउनुपर्नेमा जोड दिएका छन् । आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै ढुङ्गानाले राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको औंल्याएका हुन् ।

नेपाली राजनीतिमा गालीगलौजको संस्कृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ढुङ्गानाले यस्तो संस्कृति त्याग्नुपर्ने सुझाएका छन् । पछिल्लो समयमा नेपाली राजनीतिमा गालीगलौजको संस्कृति मौलाउँदै जानुका साथै गालीगलौजको राजनीतिक संस्कार बनिरहेकोप्रति ढुङ्गानाले कटाक्षसमेत व्यक्त गरेका छन् ।

राजनीतिक नेतृत्वको उचाइ गालीगलौजले निर्धारण नगर्ने ढुङ्गानाले बताएका छन् । राजनीतिक नेतृत्वका उचाइ विचार, नीति र संस्कारले निर्धारण गर्नेमा उनले जोड दिएका छन् । राजनीतिक आस्थाका विपक्षीलाई दुश्मनको रुपमा नभई राष्ट्र निर्माणमा सहयात्रीका रूपमा हेर्ने संस्कार बसाल्न समेत उनले आग्रह गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्