अन्तिम पटक डँडेलधुराबाट चुनाव लड्छु : देउवा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

अन्तिम पटक डँडेलधुराबाट चुनाव लड्छु : देउवा

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।

केही दिनअघि भेट्न आएका सुदूरपश्चिमका नेताहरूलाई देउवाले अन्तिमपटक चुनाव लड्ने इच्छा गरेपछि डडेल्धुराबाट उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भएको छ।

डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले इच्छा गरेपछि उनलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने बताएका छन्।

कांग्रेसले मंसिर अन्तिमसम्म कांग्रेस विधानअनुसार एक निर्वाचन क्षेत्रबाट एक महिला अनिवार्यसहित ३ जनाको नाम पठाउन निर्देशन दिएको छ।

२०४८ सालदेखि डडेल्धुराबाट निरन्तर लड्दै आएका देउवाले चुनाव हारेको रेकर्ड छैन।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्