सुदन गुरुङ र कुमार बेनले भेटे प्रधानमन्त्रीलाई – Kanika Khabar
Sunday, January 18Nepali News Portal

सुदन गुरुङ र कुमार बेनले भेटे प्रधानमन्त्रीलाई

    मा प्रकाशित


काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालय सदस्य कुमार बेनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरुले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए ।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ छ ।

सरकार र जेनजीबीच सम्झौता गत साता नै गर्ने भनिएपनि ढिलाइ हुँदै आएको बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्