पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा

    मा प्रकाशित

कनिका खबर
साउन २२, काठमाडौं
पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ । आज बिहान १० बजेसम्मै सतर्क रहन विभागले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्