मेरील्यान्डमा किड्स ओलम्पियाड हुँदै – Kanika Khabar
Friday, January 23Nepali News Portal

मेरील्यान्डमा किड्स ओलम्पियाड हुँदै

    मा प्रकाशित


दाङ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित मेरील्यान्ड पब्लिक एकेडेमीमा प्रथम किड्स ओलम्पियाड हुँदै छ । आगामी माघ ६ गते विद्यालयको आयोजनामा प्रथम किड्स ओलम्पियाड सम्पन्न हुन थालेको हो ।

बालबालिकाको प्रतिभा पहिचान र प्रोत्साहन गर्न किड्स ओलम्पियाड गर्न थालिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठले बताए । ओलम्पियाडमा सिकाइलाई रमाइलो बनाउने

प्रतिस्पर्धासँगै सहकार्य र अनुशासन विकास हुने पनि प्रिन्सिपल श्रेष्ठले बताए ।
ओलम्पियाडमा विषयगत प्रतियोगिता हुने बताएको छ । गणित, विज्ञान, अङ्ग्रेजी, सामान्य ज्ञान, तर्कशक्ति लगायतका विषयगत प्रतियोगिता, चित्रकला, कथा लेखन, कविता, हस्तकला जस्ता सिर्जनात्मक गतिविधि, समस्या समाधान, तार्किक सोच, आत्मविश्वास लगायतका सीप विकास तथा खेलमा आधारित सिकाइ अन्तर्गत पजल, क्विज, समूहगत खेलहरु प्रस्तुत गरिने प्रिन्सिपल श्रेष्ठले बताए ।

कार्यक्रममा नर्सरीदसख कक्षा १ सम्मका विद्यार्थी सहभागी हुने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्