तयारी पूरा नभएपछि एसईईको नतिजा प्रकाशनमा ढिलाई – Kanika Khabar
Thursday, June 19Nepali News Portal

तयारी पूरा नभएपछि एसईईको नतिजा प्रकाशनमा ढिलाई

    मा प्रकाशित

कनिका खवर
साउन २२, दाङ
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहो¥याएर हेर्ने काम भइरहेको र बन्दाबन्दीले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन नसकिने तथा अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण नबनेकोले नतिजा प्रकाशनमा ढिलाई हुने बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए । यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्