एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खवर
साउन २२, जनकपुर ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिए । मन्त्री यादव सहित प्रदेश सांसद रिना यादवलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले झन्डै एक साता अघि काठमाडौंमा उच्च स्तरीय भेटघाट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न, प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा उनी सहभागि भएका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायत उपस्थित थिए । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्