भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो – Kanika Khabar
Thursday, March 20Nepali News Portal

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खवर
साउन २२, दिल्ली
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घन्टामा ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ७ सय ३९ पुगेको छ । यस्तै भारतमा लगातार आठौं दिन कोरोना भाइरसका कारण ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १९ लाख ६३ हजार २ सय ३९ पुगेको छ । भारत विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । यसैबीच, भारतीय काउन्सिल अफ मेडिकल रिसर्चले हालसम्म भारतमा २२ लाख १४ हजारभन्दा बढीको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्