दुबईको अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट – Kanika Khabar
Friday, April 19Nepali News Portal

दुबईको अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट

    मा प्रकाशित

कनिका खवर
साउन २२, दुबई ।
संयुक्त अरब इमिरेट्स (दुबई) को अर्थतन्त्रमा ७४ प्रतिशतले गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण वर्षको पहिलो छमासिकमा प्रत्यक्ष विदेशी लगानी एफडीआईमा ७४ प्रतिशतले कमी आएको हो । दुबई मध्य–पूर्वको सबैभन्दा ठूलो वित्तीय र कारोबारी केन्द्र हो । जहाँ पछिल्लो ६ महिनामा मात्रै १२ अर्ब दिरहामको लगानी भित्रिएको छ । गत वर्ष यसै अवधिमा ४६ अर्ब दिरहाम विदेशी लगानी भित्रिएको थियो । दुबईको इन्भेस्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई) का प्रमुख कार्यकारी निर्देशक फहद अल–जरगावीका अनुसार कोरोना भाइरसको महामाररीका कारण विश्वभर कै आर्थिक गतिविधि कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव दुबईको अर्थतन्त्रमा परेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्