भारत विश्वमा २० लाखभन्दा धेरै कोरोना सङ्क्रमित हुने तेस्रो मुलुक – Kanika Khabar
Sunday, July 19Nepali News Portal

भारत विश्वमा २० लाखभन्दा धेरै कोरोना सङ्क्रमित हुने तेस्रो मुलुक

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ
भारत विश्वमा २० लाख भन्दा धेरै कोरोना सङ्क्रमित हुने तेस्रो मुलुक बनेको छ । अमेरिका र ब्राजिलपछि भारतमा मात्रै २० लाखभन्दा धेरै सङ्क्रमित देखिएका छन् । भारतमा १० लाख सङ्क्रमित पछिल्लो तीन सातामा मात्रै थपिएका हुन् । यस अवधिमा ४२ प्रतिशत सङ्क्रमित भारतका आन्द्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल र बिहारबाट थपिएका छन् । उत्तर प्रदेश, बिहार र पश्चिम वंगाल तीनवटै राज्य नेपालसँग सीमा जोडिएका भारतीय प्रदेश हुन् । हिजो एकै दिन भारतमा ६२ हजार नयाँ सङ्क्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख २२ हजार ७ सय ३० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्