हेमराज शर्मा
दाङ, पौष २२ ।
सिटिजन्स बैंक ईन्टरनेहन लिमिटेड घोराही शाखा दाङले आफ्नो सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर १४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्यनरत निम्न पारिवारिक आर्थिक अवस्था भएका बौद्दिक अपाङ्ग, दलित, जनजाती तथा जेहेन्दार विद्या्थीहरुलाई आज सोमबार न्यानो कपडा वितरण गरेको छ ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक कृष्ण बहादुर साउद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बुढाथोकी, प्रधानाध्यापक विष्णु भण्डारी लगायत बैंक तथा विद्यालयका कर्मचारीहरू उपस्थिति रहेको थियो। बैंक शाखा प्रबन्धक साउदले उक्त कार्यक्रम मार्फत विद्यार्थी नियमित रुपमा कक्षामा उपस्थिति भई उनीहरूको पढाइमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
साथै विद्यालयमा निम्न आर्थिक अवस्था भएका विद्यार्थी विशेष गरी बौद्दिक अपाङ्गता भएका विद्यार्थी लाई न्यानो कपडा वितरण गरी सहयोग गर्नु भएको मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकी र प्रधानाध्यापक भण्डारीले सिटिजन्स बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमकाे सञ्चालन तथा सहजीकरण बैंकका सहायक शाखा प्रबन्धक बिरेन्द्र बहादुर हितानले गर्नुभएको थियो ।


