उपत्यकामा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित – Kanika Khabar
Friday, March 28Nepali News Portal

उपत्यकामा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन २३, काठमाडौँ ।
पछिल्लो समयमा काठमाडौँ लगायत उपत्यकामा कोरोना सङ्क्रमितहरु बढ्दै जान थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।
आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा पर्सिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो ।

शान्ति सुरक्षा अत्यावश्यक सेवा बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने पनि तय गरेको छ । अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्ने बारेमा छलफल भएको तर त्यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको दाहालले बताए । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्