फरक समुहको रगत दिदाँ सुत्केरीको मृत्यु, दुई चिकित्सक प्रहरी नियन्त्रणमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

फरक समुहको रगत दिदाँ सुत्केरीको मृत्यु, दुई चिकित्सक प्रहरी नियन्त्रणमा

    मा प्रकाशित

बटुकनाथ झा
साउन २३, जनकपुरधाम ।
जनकपुरधामस्थित एक निजी अस्पतालमा सुत्केरीलाई फरक समुहको रगत दिदा भएको मृत्युको घटनामा प्रहरीले दुई जना चिकित्सकलाई पक्राउ गरेको छ । जनकपुरस्थित रामजानकी अस्पतलामा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो ।
जनकपुरधामको रामजानकी अस्पतालमा आएकी महिलालाई रगतको आवश्यक्ता भएको भन्दै रगतको व्यवस्था गर्न भनिएको थियो । उनलाई रेडक्रस सोसाइटीका जनकपुर शाखाले ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ चढाउँदा हिजो राति मृत्यु भएको हो । शल्यक्रिया मार्फत गंगादेवीले छोरी जन्माउनुभएको थियो । छोरीको अवस्था भने समान्य छ । सुत्केरीको शरीरमा रगत अभाव भएपछि अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।
रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केहि बेर पछि सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान राजकिशोर महतोले बताए । उक्त घटना पछि प्रहरीले जनकपुरस्थित रामजानकी अस्पतालका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । दुईजना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओ को ठाउँमा बी पोजेटिभ रगत चढेको दावी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्