डा. गाविन्द के.सी. मुगुमा हाडजोर्नीका विरामीलाई जाँच गर्दै – Kanika Khabar
Thursday, November 13Nepali News Portal

डा. गाविन्द के.सी. मुगुमा हाडजोर्नीका विरामीलाई जाँच गर्दै

    मा प्रकाशित

खड्क सुनार
साउन २३, मुगु ।
चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसी सुदुरपश्चिम र कर्णालीका जिल्लामा निशुल्क हाडजोर्नी विशेषज्ञ स्वास्थ्य उपचार दिदै आउनुभएका डा. के. सी. डोल्पाको जगदुल्ला गाउपालिकाले उपचारमा रोक लगाए पछि हिमाली जिल्ला मुगुमा पुगी हिजोदेखि जिल्ला अस्पताल ठिनी मुगुमा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् ।
डा.के.सी. जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु पुगेका हुन् । केसीले विशेष गरी हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिइरहेका छन् । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् । निशुल्क सेवा दिन डा. के.सी. मुगु पुगेपछि हाडजोर्नीका विरामीलाई लक्षित गरी सार्वजानिक सुचना गरिएको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्