नेपालमा १ हजार ५ सय सङ्क्रमित गम्भीर प्रकृतिका – Kanika Khabar
Monday, April 21Nepali News Portal

नेपालमा १ हजार ५ सय सङ्क्रमित गम्भीर प्रकृतिका

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
नेपालमा कोरोना भाइरस पुष्टि भएकामध्ये १ हजार ५ सय विरामी गम्भीर प्रकृतिका रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमित रहेको बताएको हो । आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आईसीयू तथा भेन्टिलेटरको व्यवस्थापन गरिएको बताएका छन् । प्रवक्ता गौतमले आईसीयू र भेन्टिलेट तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
डा गौतमका अनुसार नेपालमा अहिले ६६ जना कोरोना संक्रमति आईसीयूमा उपचारत छन् । उनीहरु मध्ये ३ जनाको भेन्टिलेटर सहितको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्