आइसोलेसनका बेड व्यवस्थापनका निम्ति सातवटै प्रदेशका लागि ३८करोड निकासा – Kanika Khabar
Friday, March 29Nepali News Portal

आइसोलेसनका बेड व्यवस्थापनका निम्ति सातवटै प्रदेशका लागि ३८करोड निकासा

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।

सरकारले आइसोलेसन बेड व्यवस्थापनका लागि सातवटै प्रदेशका निम्ति सरकारले ३८ करोड रकम निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले ७ वटै प्रदेशमा ७ हजार आइसोलेसन वेड व्यवस्थापन गर्न ३८ करोड रुपैयाँ निकासा गरिएको पनि जानकारी दिएका छन् ।

आइसोलेसन वेड व्यवस्थापनका लागि प्रदेश नम्बर २ र ५ का लागि ७ करोडका दरले निकासा गरिएको छ । त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि ६ करोडका दरले निकासा गरिएको छ ।

त्यसैगरी बागमती, गण्डकी र प्रदेश १ मा ४ करोडका दरले रकम निकासा भइसकेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्