सबैलाई मन्त्रमुग्ध पार्ने आर्जुको योगाभ्यास – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सबैलाई मन्त्रमुग्ध पार्ने आर्जुको योगाभ्यास

    मा प्रकाशित

कनिका खबर

साउन २४, दाङ ।

आर्जुु रावत (१९) अहिले उनी योगमा तल्लीन छिन् । घोराही उपमहानगरपालिका वडा नं. १५ की आर्जु पछिल्लो चरणमा योग अभ्यास गर्ने र अरुलाई पनि योग अभ्यासको टिप्स दिन व्यस्त रहेकी छिन् । योग जीवन हो भन्ने मान्यता राख्ने आर्जु सानैदेखि योग मन पराउँथिन् । सानो छँदा घरमा टेलिभिजनमा योगा हेरेर योगा गर्ने प्रयास गर्थिन् । ‘सानैदेखि योगामा रुचि थियो, टेलिभिजनमा दिने योगाका कार्यक्रम प्रायः हेर्ने र तिनै कार्यक्रमको आधारमा अभ्यास गर्ने गर्थिन् ।’ बुबा प्रेम रावतले बताए ।

उनले थपे,‘छोरीले सानैदेखि अभ्यास गर्दै आएको योगले उनलाई अहिले झनै व्यस्त बनाएको छ । अझ व्यस्त मात्र होइन आफूले पनि अभ्यास गर्ने र सामाजिक सञ्जाल तथा युटुवको माध्यमबाट अरुलाई पनि योगा गर्न सहज गराएकी छिन् ।’ आर्जु बिएएमसकी विद्यार्थी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेदिक विद्यापीठमा ब्याचलर अफ आयुर्वेद एन्ड मेडिसिन सर्जरी (बिएएमएस) को पहिलो वर्षकी विद्यार्थी हुन् । अहिलेको बिहानी समय उनको योगाभ्यासमै बित्ने गरेको छ । सानैदखि योगमा आफ्नो रुचि भएको उनले बताउँछिन् । ‘सानो छँदा टेलिभिजन हेरेर योगको अभ्यास गर्दथेँ, त्यही अभ्यासले मलाई योगको विद्यार्थी नै बनायो ।’ आर्जुले भनिन् ।

उनले आफूलाई योगाको विद्यार्थी भन्न रुचाउँछिन् । उनले थपिन्, ‘अहिले मैले विभिन्न युटुव च्यानलहरु हेरँे र योगका स्टेपहरुबारे अध्ययन गरेँ । युटुव च्यानलमा हेरेका योगा सम्बन्धी भिडियो मेरो लागि गुरु मन्त्र बनेका छन् ।’ युटुव च्यानलमार्फत योगाका भिडियो हेर्ने र त्यही बमोजिम अभ्यास गर्दै योगा गरेको उनले बताउँछिन् । ‘योगा नै सिक्ने भनेर म कतै पनि गएनँ, घरमा आफै अभ्यास गरेँ, आफूले हेरेका योगाका स्टेपलाई अभ्यासमा उतार्न थालेँ अनि बिस्तारै बिस्तारै योगा गर्न सक्ने भएँ ।’ आर्जुले थपिन् । योगाकी विद्यार्थी आर्जु भन्छिन्, ‘ अहिले योगाको विद्यार्थी छु, भविष्यमा गुरु बन्न सकूँ ।’ उनी पछिल्लो चरणमा इन्टरनेस्नल फेडरेसन अफ योगा प्रफेस्नलको अनलाइन योगा क्लासमा सहभागी भएर इन्टरनेस्नल फेडरेसन अफ योगा प्रफेस्नलको  सर्टिफिकेट समेत प्राप्त गरिसकेकी छिन् ।

 

अनलाइन क्लासबाट आफूले योगा सम्बन्धी धेरै कुरा सिक्न पाएको बताइन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद कलेजले आयोजना गरेको अनलाइन कार्यक्रममा समेत सहभागी भएकी थिइन् । आर्जु योग साधना युटुब च्यानल मार्फत उनले विभिन्न आसनका योगाभ्यासका नमुना प्रस्तुत गर्दै आएकी छिन् । उनले पाँच दर्जनभन्दा बढी योगाभ्यास गर्दै र गराउँदै आएकी छिन् ।

पढाइमा मेधावी आर्जु योगामा जति अब्बल मानिन्छिन् गीत र नृत्यमा पनि त्यतिकै अब्बल छिन् । सुरिलो स्वरकी धनी आर्जुको गायकी पनि त्यति नै राम्रो छ । साथै नृत्यमा पनि आफूलाई निर्खादै लगेकी छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्