के पाउलान् त निजी विद्यालयले राहत ? – Kanika Khabar
Friday, March 29Nepali News Portal

के पाउलान् त निजी विद्यालयले राहत ?

    मा प्रकाशित

कनिका खबर
साउन २४, काठमाडौँ ।
निजी विद्यालयहरुले राहत पाउने कि नपाउने भन्ने विषयमा यतिबेला बहस सुरु भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा यस्तो बहस सुरु भएको हो ।
कोरोनाका कारण प्रभावित निजी विद्यालयलाई राहत वा सहुलियत दिने विषयमा सांसदहरुबीच राय बाझिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा भाग लिँने केही सांसदहरु बीचमा निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले तलब नपाएको भन्दै उनीहरुलाई सरकारले राहत र सहुलियत दिनुपर्ने सुझाव दिएका हुन् ।
केही सांसदले भने कोभिड–१९ को असरलाई निजी क्षेत्रबाट सञ्चालित विद्यालय बन्द गराउने अवसरको रुपमा लिनुपर्ने धारणा राखे । सांसदले दिएका सुझाव र उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयलाई अहिलेको भन्दा भिन्न व्यवहार गर्ने सोचमा आफूहरु नरहेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्