नागरिक प्रहरी साझेदारीबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ : डिएसपि सिंह – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नागरिक प्रहरी साझेदारीबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ : डिएसपि सिंह

    मा प्रकाशित

शरद रेग्मी
साउन २४, दाङ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् । रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित भएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तुरुन्तै घटनाहरु नियन्त्रण गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे । उनले समाजलाई सुरक्षित बनाउने अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा टोल सुरक्षा समिति गठन भैसकेको जानकारी दिए । अबदेखि टोल सुरक्षा समितिले स्थानीय स्तरमा हुने घरेलु हिंसा,चोरी डकैती नियन्त्रण देखि विभिन्न चेतना मुलक कार्यक्रमहरु समेत प्रहरीसँगको समन्वय र सहकार्यमा गाउँ–गाउँमा अभियानकैरुपमा संचालन हुने उनले बताए ।
सिंहले एक अर्को प्रसङ्गमा विकसित मुलुकहरुको सिको गर्दै देश विकास गर्न युबाहरुलाई उत्पादनमा लगाउने वातावरणको सिर्जना गर्नुपर्ने बताए । उनले भने, ‘जब युवाहरुले आफ्नै देशमा परिश्रम गर्छन् अनि मात्रै सबैखालका परिबर्तनहरु सम्भव हुन्छन् ।’
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सिंहको जीवनी र उहनको व्यक्तित्वको बारेमा पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारेका थिए । क्लवका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गरेको कार्यक्रममा पूर्वअध्यक्ष विजय केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पारेका थिए । यसैबिच रोटरी फाउन्डेसनमा पाँच सय डलर योगदान गरेका क्लवका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष देव बहादुर केसी, अध्यक्ष सुरेश हमाल र प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीलाई क्लबका पूर्वअध्यक्ष कुशल तर्ताल, बिमल रिजाल, धर्मेन्द्र वैश्य, ललित बहादुर घर्ती र विर बहादुर रावतले पिएचएफ प्रमाणपत्र र पिन लगाएर सम्मान गरेका थिए । क्लबका पब्लिक ईमेज चेयर राजिव वलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्