पर्सामा एक नगरपालिकाका मेयरसहित ५५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

पर्सामा एक नगरपालिकाका मेयरसहित ५५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह तेलीसहित ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ७ महिला र ४८ जना पुरुष छन् । उनीहरू २२ वर्षदेखि ७४ वर्षसम्मका छन् । संक्रमितहरू तीन जना बाराका र एक सर्लाहीका छन् ।

५१ जना पर्साका छन् । त्यसध्ये एक जना मृत्यु भइसकेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार गण्डक अस्पतालमा मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाका ७४ वर्षीय वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित ५० जनामध्ये २३ जना वीरगञ्जस्थित विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायतका स्थानका छन्।

यस्तै पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई, नगरदाहा, गम्हरीया, भौराटार, वैरिया लगायतका क्षेत्रका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्