घोराही वडा नं. १४ द्वारा ९८ प्रतिशत योजना सम्पन्न – Kanika Khabar
Friday, April 18Nepali News Portal

घोराही वडा नं. १४ द्वारा ९८ प्रतिशत योजना सम्पन्न

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
आर्थिक वर्ष २०७६/०७७ मा घोराही उप–महानगरपालिका – १४ ले ९८ प्रतिशत योजना सम्पन्न गरेको छ । भौतिक पूर्वाधार तर्फ ५५.३ सामाजिक विकास तर्फ ३९.२, विद्यालय अनुदान तर्फ ५.५ र कोरोना विशेष कार्यक्रमतर्फ ५.४५ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडा कार्यालयमा विनियोजित १ करोड बजेट मध्य पूर्वाधार विकास तर्फ ५५ लाख २० हजार, सामाजिक विकास तर्फ ३९ लाख २० हजार, विद्यालय अनुदान तर्फ ५ लाख ५० हजार र कोरोना विशेष कार्यक्रमका लागि २ लाख ९९ हजार ८ सय ४० रुपैयाँ बजेट खर्च भएको जानकारी दिए । उक्त योजना सम्पन्न गर्न उप–महानगरपालिका, प्रदेश र संघीय सरकारबाट अनुदान प्राप्त भएको छ । अध्यक्ष डाँगीका अनुसार गत वर्ष वडा कार्यालयले विभिन्न शीर्षकबाट ९३ लाख १८ हजार ४ सय ९९ रुपैयाँ ९६ पैसा राजश्व सङ्कलन गरेको छ ।
बितेको एक वर्षमा वडा कार्यालयले १ सय ८५ जन्मदर्ता, ४४ विवाह दर्ता, ५७ मृत्यु दर्ता, र ६ वटा सम्बन्ध विच्छेदको घटना दर्ता गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै कार्यालयबाट गरिएको सिफारिस तर्फ ४ सय ४३ व्यवसाय दर्ता तथा नवीकरण, नागरिकता सिफारिस १ सय ३५ , जग्गा नामसारी ११ जनाको गरिएको छ । यस्तै नाता प्रमाणित सिफारिस १ सय १७ घरबाटो प्रमाणीकरण १सय १७ अन्य सिफारिस २ हजार ३ सय २७ गरी जम्मा ३ हजार १ सय २० को सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
यस्तै सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ३ सय १७ जेष्ठ नागरिक, ५० दलित जेष्ठ नागरिक, १ सय ६० विधवा महिला ५४ दलित बालबालिका, १९ पूर्ण अपाङग १६ अशक्त अपाङ, ९६ एकल महिला र १ जना लोपन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउँदै आएको वताए । ग्राणीम महिला उत्थान केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले नगरवासीकै सहयोगले काम गर्न सहज भएको वताए ।
कोरोनाको माहामारीमा पनि वडा कार्यालयले ९८ प्रतिशत लक्ष्य हासिल गरेको भन्दै खुशी व्यक्त गरे । घोराही उप–महानगरपालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा निशुल्क गर्न प्रत्येक वडाका स्वास्थ्य चौकी स्थापना गरी नागरिकलाई उपचारको व्यवस्था गरेको बताए । कार्यक्रममा योजना शाखा प्रमुख, युवराज पौडेल, राजश्व शाखा प्रमुख कृष्ण केसी, जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेमप्रसाद रेग्मी, आमा समुहका सल्लाहकार दिलकुमारी बुढा, वडा सचिव आनन्ददेव गिरी लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरे । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका नविन चौधरीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्