मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना – Kanika Khabar
Thursday, December 12Nepali News Portal

मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना

    मा प्रकाशित

कनिका खबर
साउन २४, पर्वत
पर्वतको कुश्मामा मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवना लगाउन थालिएको छ । जिल्ला प्रसासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिमका कारण मास्क अनिवार्य गरेको छ । तर,अटेर गर्न थालिएपछि प्रसासनले एक सय रुपैयाँ जरिवना लगाउन थालिएको हो । हिजो बाट मास्क नलगाई हिँड्नेलाई कारवाही स्वरुप एक सय जरिवना तिराउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । हिजो पहिलो दिन २१ जना लाई कारवाही जरिवना तिराईएको रेग्मीले बताउनुभयो । प्रहरीले बढि भीडभाड हुने चोकमा बसेर चेकजाँच गरिरहेको छ । गोजीमा मास्क राख्ने तर नलगाउने, मुखमा नलगाई चिउँडोमा मात्रै लगाउने र जाँच गर्दाको बखत लगाउने तर, अरु बेला वास्तै नगर्ने जस्ता लापरबाही बढेपछि कुश्मामा प्रहरीले कडाई गर्न थालेको प्रजिअ रेग्मीले बताउनुभयो ।

पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय भन्दा बढि पुगेको छ । छिमेकी जिल्लाहरुमा पनि सङ्क्रमण बढ्दो छ । यातायात सुचारु भएको अवस्था, बजार खुलेको र चहलपहल बढेको अवस्था समूदायमा कोरोना फैलिने त्रासका कारण मास्क अनिवार्य गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । कुश्माका विभिन्न चोकमा प्रहरीले माईकिङ गरेर मास्क लगाउन सर्वसाधारणलाई अनुरोध समेत गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्