शिवराज नगरपालिकामा कोरोना अस्पताल संचालनमा ल्याउने अन्तिम तयारी – Kanika Khabar
Thursday, June 11Nepali News Portal

शिवराज नगरपालिकामा कोरोना अस्पताल संचालनमा ल्याउने अन्तिम तयारी

    मा प्रकाशित

कनिका खबर
साउन २४, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका कोरोना अस्पताल संचालनमा ल्याउने अन्तिम तयारीमा लागेको छ । संङ्क्रमित बिरामीहरुको उपचारका लागि बनाइएको आइसोलेशन अस्पताल निर्माण कार्य सम्पन्न भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरपालिकाको ६५ लाख लागत तथा १० प्रतिशत स्थानीयहरुको श्रमदान गरी कुल ७२ लाख ३ हजारमा ३० शैयाको आइसोलेशन अस्पताल तयार भएको निर्माण समितिका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । पाँच वटा बेड अटाउने ६ वटा हल, एक वटा भण्डारण कोठा, १ ओटा कर्मचारी कक्ष, विरामी जाँच कक्ष, महिला पुरुषका लागि ६/६ वटा शौचालय बाहिर हात धुने व्यवस्था सहितको अस्पताल तयार भएको पोखरेलले बताउनुभयो । निर्माण समितिले अस्पताल निर्माण सम्पन्न गरेको र यसै हप्तादेखि संचालनमा ल्याउने नगरप्रमुख अधिकारीले बताउनुभयो । अस्पताल निर्माण सम्पन्न भएको भए पनि अझै फरफार नभएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्