कोरोना विरुद्धको खोपले पूर्ण रुपले काम नगर्न पनि सक्ने अमेरिकि विशेषज्ञको भनाइ – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

कोरोना विरुद्धको खोपले पूर्ण रुपले काम नगर्न पनि सक्ने अमेरिकि विशेषज्ञको भनाइ

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ
अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थालेनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप पूर्ण रुपले काम गर्न नसक्ने बताउनुभएको छ । उहाँले कोरोना विरुद्धको खोपले मानिसलाई ५० देखि ६० प्रतिशत मात्रै सङ्क्रमण हुनबाट रोक्न सक्ने उल्लेख गर्नुभयो । मानिसलाई कोरोना सङ्क्रमणबाट जोगाउन र सङ्क्रमित व्यक्तिलाई जोगाउनका लागि कोरोना विरुद्धको खोपले पूर्ण रुपले काम गर्न नसक्ने डा. फाउचीको भनाइ छ ।

खोपले शतप्रतिशत काम गर्न नसक्ने हुँदा सार्वजनिक स्वास्थ्य उपायको आवश्यकता प्रत्येक समय मानिसलाई आवश्यक पर्ने पनि उहाँले उल्लेख गर्नुभयो । डा फाउचीले कोरोना भाइरस विरुद्धको खोप विभिन्न मुलुकले बनाइरहेको भएपनि त्यसले कति प्रतिशत काम गर्छ भन्नेमा यकिन नभएको हुनाले यसको पूर्ण सफलतामा अहिले नै प्रष्ट भन्न नसकिने पनि बताउनुभयो । अमेरिका कोरोना भाइरस महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्