देशका धेरैजसो ठाउँमा वर्षा हुने – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

देशका धेरैजसो ठाउँमा वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
साउन २५, काठमाडौं
मनसुन सक्रिय हुँदै गएकाले देशभर वर्षा हुनेक्रम बढेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ । मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा मानिन्छ भने सयभन्दा माथिकोलाई अति भारी वर्षा मानिन्छ । बिहान साढे ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २३.२ मिलिमिटर वर्षा भएको छ । अपराह्नबाट काठमाण्डुमा फेरि वर्षा हुने सम्भावना छ । मनसुनको न्यून चापीय रेखा हिजोराति नै नेपालको तराई नजिक आइपुग्ने अनुमान गरिए पनि अहिलेसम्म नेपाल छोइसकेको छैन । रेखा उत्तरतर्फ सर्ने क्रम जारी नै छ, आज रातिसम्ममा यो रेखाले नेपालको तराई भूभाग छुनेछ । त्यसपछि एकदुई दिन वर्षा अझ बढ्ने अनुमान गरिएको छ । देशका प्रदेश १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्